सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु

२०७९ कार्तिक १८, ०३:५६ खबर संवाददाता

धनगढी: बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको थलारा गाउँपालिका-८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार मृत्यु भएको हो।

भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको बताइएको छ। अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्‍याएको र बिहीबार मृत्यु भएको थलारा-८ का वडाध्यक्ष टीकाराज जोशीले बताए।

कमेन्ट लोड गर्नुस