आज बैतडीको पुर्चौडी हाटस्थित राताशीला त्रिवेणी धाममा मेला लाग्दै
बैतडीः आज बैतडीको पुर्चौडीको हाटस्थित राताशीला त्रिवेणी धाममा मेला लाग्दै छ। हरेक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने कफलखाना गिरेगडा मेला यस वर्ष पनि सुरु भएको हो।
बैतडीको पुर्चौडी नगरपालिकाले यसै मेलाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ। पुर्चौडीको हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखाना गिरेगडा मेलाका अवसरमा दुई दिन १७ र १८ गते सार्वजनिक बिदा दिइएको हो।
हरिबोधनी एकादशीको दिन कफलखाना गिरेगडा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।