सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार शाहीलाई एमालेको समर्थन

२०७९ कार्तिक १७, ०५:३५ खबर संवाददाता

धनगढी: डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गर्ने भएको छ।

एमाले डडेल्धुराले एक विज्ञप्ति जारी गर्दै एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीलाई परास्त गर्न शाहीलाई समर्थन गरिएको जनाएको छ।

एमालेले यसअघि डडेलधुरामा नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लसँग चुनावी तालमेल गर्ने भन्दै प्रतिनिधि सभातर्फ उम्मेदवार उठाएको थिएन। तर त्यो तालमेल भाँडिएको थियो।
 

कमेन्ट लोड गर्नुस