सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशको अस्थायी राजधानीे धनगढीमै खानेपानीको समस्या

२०७५ चैत्र २, ११:१९ रोशन भट्ट

प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उप–महानगरपालिका क्षेत्रमै खानेपानीको चरम समस्या देखिएको छ। उप–महानरपालिका वडा नम्बर ५ को गौरीशंकर टोलमा खानेपानीको चरम समस्या देखिएको हो। छिमेकी सबै टोलमा शुद्ध खानेपानीको पहुच पगेको भएपनि झण्डै ३० परिवारको वसोवास रहेको गौरीशंकर टोलमा खानेपानीको पहुच पुग्न नसकेको हो। स्थानीय तहमा जनप्रतिनिधी आएको करिव दुई वर्ष हुनै लाग्दापनि वास्ता नगरेको गुनासो स्थानीयले गरेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाईको गौरीशंकर मन्दिर देखी उत्तर तर्फ ३० परिवारको बस्ती छ। विगत १५ वर्ष अगाडी २०६० साल देखी सो क्षेत्रमा बस्ती वसेको थियो तर सोहि टोलमा खानेपानी भने अहिले सम्म पुगेको छैन्। गाौरीशंकर टोलका स्थानीय खानेपानीका लागि छिमेकी टोलकी भरु दानीको घरमा जाने गरको छन्। पुरै टोलका स्थानीय दानीको घर बाट पानी ल्याउने गरेकाले धारामा पानी आएको समयमा लाईन नै लाग्ने गरेको स्थानीय मोहन बहादुर चन्दले बताए।

१९ ओटा वडा रहेको धनगढी उप–महानगरपालिकाले आर्थीक वर्ष २०७५÷०७६ को वार्षिक निति तथा कार्याक्रमको रातो किताबमा १७ ओटा वडामा खानेपानीको योजना लागु गर्ने तथा वाकी दुई ओटा वडामा समेत शहरी खानेपानीको योजना लागु गर्ने उल्लेख गरेको छ। तर आर्थीक वर्षको अन्तिम चौमासीक सुरु हुदा पनि गौरीशंकर टोलका स्थानीय खानेपानीको पहुचमा पुग्न सकेका छैनन।

सरोकारवाला निकायलाइृ पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरेको आरोप स्थानीयसबै नागरिकलालई शुद्ध खानेपानीको पहँुचमा पु¥याउने लक्ष्य सहित ल्याएका कतिपय योजनाहरु पनि अलपत्र परेका छन्। खानेपानी कार्यालय र स्थानीय जनप्रतिनिधीले तत्तकालै शुद्ध खानेपानीको पहुच पु¥याउने प्रतिवद्धता जनाएका थिए। आश्वासन दिएको लामो समय हुदा पनि कोहि फर्केर नआएको स्थानीय कृष्णा जोशी बताईन।

नजिकै रहेको टोल शिवनगरमा खानेपानीको ट्याङकी रहेको छ भने अर्को छिमेकी टोल मट्यारीमा खानेपानीको कार्यालय रहेको छ। खनेपानीको कार्यालय र खानेपानीको ट्याङकी गौरीसंकर टोलाका बासिन्दाले हेरेर चित्त बुझाएका छन्। 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस