थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि
२०७९ कार्तिक १६, ०८:३१
काठमाडौँ: पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी तीन हजार ६४२ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण देखिएको हो।
त्यस्तै, २१ जना सङ्क्रमित निको भएका छन्। नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३ जना पुगेको छ।
कमेन्ट लोड गर्नुस