सुदूर नेपाललाई विश्वसँग जोड्दै

यति डरलाग्दो हुन्छ कमिलाको अनुहार ! 

२०७९ कार्तिक १६, ११:२७ खबर संवाददाता

काठमाडौँ: हालै विश्वस्तरमा एक फोटोग्राफी प्रतियोगिताको आयोजना गरिएको थियो। स्मल वर्ल्ड फोटोमाइक्रोग्राफी कम्पिटिसन २०२२ जसमा साना जीवका तस्बिर खिचेर पठाउनुपर्दथ्यो। यो प्रतियोगितामा एक व्यक्तिले कमिलाको अचम्मित पारिदिने तस्बिर खिचेका छन्।

कमिलाको अनुहारको यो तस्बिरलाई भयानक भन्न सकिन्छ। लिथुआनियाका एक फोटोग्राफर, युजिनियस कपलियाउस्कसले यो तस्बिरलाई कैद गरेका हुन्।

कमिलाको एलियनजस्तो अनुहारलाई माइक्रोस्कोपले पाँच गुणा ठूलो पारेर खिचिएको थियो। निर्णायकले यो शानदार तस्बिरलाई ‘इमेजेज अफ डिस्टिङ्सन’ वर्गमा राखेर पुरस्कृत गरे। -एजेन्सी

कमेन्ट लोड गर्नुस