सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको गुजरातमा झोलुङ्गे पुल भाँचिएको घटनामा नौ जना पक्राउ

२०७९ कार्तिक १४, १०:५१

एजेन्सी: भारतको गुजरातमा एउटा झोलुङ्गे पुल भाँचिएको घटनामा नौ जनालाई पक्राउ गरिएको छ। घटनापछि प्रहरीले पुल सञ्चालन गर्ने ठेकेदार, मेनेजर, टिकट बिक्रेता र सुरक्षागार्डसमेत गरी नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मोरवी नगरपालिकाको स्वामित्वमा रहेको पुल औद्योगिक घरना ओरेवा ग्रुपले सञ्चालन गरिरहेको थियो। यस्तै झोलुङ्गे पुल खस्दा कम्तीमा एक सय ४१ जनाको ज्यान गएको छ। मोरबी सहरमा रहेको पुल खस्दा झन्डै चार सय जना मानिस मच्छु नदीमा खसेका र तीमध्ये एक सय ४१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। एक सय ७७ जनाको उद्धार गरिएको छ। हराएकाहरूको खोजी भइरहेको छ।

दुई सय ३० मिटर लामो पुल १९ औँ शताब्दीमा भारतमा बेलायतले शासन गर्दा निर्माण भएको थियो। मर्मतपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा यो घटना भएको हो। पुलमा मानिसहरू टिकट काटेर गएका हुन्। पुल त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्र हो।

कमेन्ट लोड गर्नुस