डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु
२०७९ कार्तिक १४, ०८:४८
काठमाडौं: नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो।
गएको साउन यता डेंगु सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको छ। ४६ हजार ७६८ जनामा डेंगु पुष्टि भएकोमा ५४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कमेन्ट लोड गर्नुस