६ जनामा कोरोना सङ्क्रमण पुष्टि
२०७९ कार्तिक १४, ०८:३०
काठमाडौँ: पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८८७ जनाको नमुना परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै, थप ३६ जना कोरोना सङ्क्रमित निको भएका छन्। योसँगै देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५२२ जनामा झरेको छ।
कमेन्ट लोड गर्नुस