सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा काँग्रेसका बागी उम्मेदवारसहित १५ जना पार्टीबाटै निकालिए

२०७९ कार्तिक १४, ०५:०१ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस कञ्चनपुरले दुई दर्जनबढी नेता–कार्यकर्तालाई निष्कासन गरेको छ। पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र मनोनयन फिर्ता नलिएका १५ जनालाई काँग्रेसले पार्टीबाट निकालेर कारवाही गरेको हो ।

बागी उम्मेदवारी दिने उम्मेदवारसहित तिनका समर्थक र प्रस्तावकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरिएको कञ्चनपुर कांग्रेसले जनाएको छ। विधानको परिच्छेद ९ को धारा ३४ को १ ‘घ’ बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशित गरिएको संयोजक नाफुसिंह साउदद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। कारबाहीमा परेकामा दिपकबहादुर सिंह, शारदा चन्द, गिरीराज पाण्डेय, नारायण बोहरा, दिल्लीराज पनेरु, जगदिश अवस्थी, दुर्गादत्त पाण्डेय, मदन दमाईलगायत छन्।

त्यस्तै, धनबहादुर शाही, पिताम्बर जोशी, खेम चौधरी, मोतिराम राना, सञ्जिव सिंह राना, जगत सायर पनि कारबाहीमा परेका छन्।

 

 

कमेन्ट लोड गर्नुस