कञ्चनपुरमा थ्रेसरमा परेर एक महिलाको मृत्यु
२०७९ कार्तिक १३, १०:५०
धनगढी: कञ्चनपुरमा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका-४ असैना टोलकी अन्दाजी ४७ वर्षिया सिमाना रानाको धान थ्रेसरमा परेर आइतबार मृत्यु भएको प्रहरीले बताएको हो।
आफ्नै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा सापटमा बेरिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
कमेन्ट लोड गर्नुस