भारतको गुजरातमा माचु नदीको पुल भाँचिदा ३५ को मृत्यु, सयौँ जना नदीमा डुबे
एजेन्सी: आइतबार भारतको गुजरातमा रहेको माचु नदीको पुल भाँचिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। मोरबी सहरमा रहेको उक्त नदीको झोलुङ्गे पुल भाँचिदा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन्।
बीबीसीका अनुसार उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए। स्थानीय अधिकारीहरूले दुर्घटनामा परेकाहरूको उद्धार प्रयास गरेको बताएका छन्।
गृहप्रान्त गुजरात रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुस्ख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन्।