सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाद्वारा दक्षिण कोरियाको घटनाप्रति दुःख व्यक्त 

२०७९ कार्तिक १३, १२:१३ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सियोलमा हेलोवीन उत्सव मनाउने क्रममा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

सियोलमा शनिबार हेलोवीन उत्सव मनाउने क्रममा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन्। उक्त घटनाप्रति प्रम देउवाले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका हुन्। उनले मृतकहरुप्रति समवेदना प्रकट गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

कोभिडसँग सम्बन्धित प्रतिबन्धहरू हटाइएपछि शनिबार पहिलो पटक इटोनमा नो मास्क हेलोवीन उत्सव थियो। उक्त कार्यक्रममा हजारौं मानिसहरुको उपस्थिति रहेको थियो। घटनामा मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन्। 

भागदौडमा ज्यान गुमाउनेहरुमध्ये तीन चिनियाँ नागरिकसहित करिब १९ विदेशी नागरिकको रहेका छन्। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। दर्जनौंलाई हृदयघात पनि भएको बताइएको छ। दुर्घटनामा करिब दुई हजार ९०० जना बेपत्ता भएका छन्। 


 

कमेन्ट लोड गर्नुस