सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ 

२०७९ कार्तिक १३, १०:१४ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर–०६ महाकाली स्कुल अगाडीबाट तीन जनालाई पक्राउ गरेको हो। 

सुपप्र०१००१ज१२८२ नम्बरको जीपमा सवार चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका ३३ वर्षीय रमेशसिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। 

उनीहरुको साथबाट ५४.७ ग्राम खैरोहेरोइन फेला पारी पक्राउ गरिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस