मैत्रीपूर्ण क्रिकेटमा नेपाली महिला टोली विजयी
काठमाडौँ: नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट संघ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो।
नेपाल भ्रमणमा रहेको एमसीसीले पोखरामा दुई ‘टी–२०’ र दुई ‘एक दिवसीय’ खेल खेल्ने छ। शनिवार एकदिवसीय खेल खेल्ने तालिका रहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।