सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा वडा अध्यक्षको मोटरसाइकलमा आगजनी

२०७५ चैत्र १, ११:०४ खबर संवाददाता

डडेल्धुरामा वडा अध्यक्षको मोटरसाईकलमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको नवदुर्गा गाउँपालिका ४ का वडा अध्यक्ष पदम विष्टको मोटरसाईकलमा गएराती अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।  

बिहीबार मध्यरातमा  विष्टले घरमा पार्किङ गरेर राखेको  से७प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी गरिएको बेलापुर प्रहरी चौकी सेरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले बताए। 
  

कमेन्ट लोड गर्नुस