सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सामूहिक झडप, चार जना घाइते

२०७९ कार्तिक ११, १०:११

धनगढीः बझाङमा पुरानो दुस्मनीलाई लिएर सामूहिक झडप भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ६ पाटादेवलको खड्का परिवारमा बिहीबार सामूहिक झडप भएको प्रहरीले बताएको छ।

सामूहिक झडपमा एक पक्षका २/२ जना भाइते भएका छन्। उनीहरुको जिल्लामा उपचार सम्भव नभएपछि धनगढी ल्याइएको छ। 

घाइते हुनेमा बसन्त खड्का, त्रिभूवन खड्का, प्रकाश खड्का र दीपक खड्का रहेका जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। प्रहरीले पुराना दुस्मनी भनेपनि स्थानीयले भने आसन्न चुनावलाई लिएर झडप भएको दाबी गरेका छन्।

एमाले र काँग्रेसका समर्थक बिच सामूहिक झडप भएको उनीहरुले बताएका हुन्। 


 

कमेन्ट लोड गर्नुस