सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेटमा भारतको दोस्रो जित

२०७९ कार्तिक १०, ०६:५४

धनगढींः आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारत विजयी भएको छ। बिहीबार सिड्नीमा भएको खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो। भारतले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर एक सय २३ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० रन जोडेका छन्। कोलिन एकरम्यानले १७ रन बनाए। म्याक्स ओवेड, बास डी लि र शरिज अहमदले समान १६ रन जोडे। भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्र आश्विनले २/२ विकेट लिएका छन्।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो।

भारतका लागि विराट कोहलीले अविजित रहदै ६२ रनको अर्धशतकीय इनीङ खेलेका छन। कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनीङ खेले। सूर्यकुमार यादबले पनि अविजित रहदै ५१ रनको अर्धशतकीय इनीङ खेले।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन र पाउल भानले एक/एक विकेट लिएका छन। यस जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ। भारत समूह २ को शीर्ष स्थानमा रहेको छ। दुई खेलमा हार व्यहोरेको नेदरल्यान्ड्स पुछारमा रहेको छ ।
 

कमेन्ट लोड गर्नुस