थप १६ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ कार्तिक ९, ०९:१६
काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एक हजार ११७ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, थप ३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हाल देशभर ६४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।
कमेन्ट लोड गर्नुस