बझाङका दुई पसल पूर्ण रुपमा जले, ६० लाख बराबरको क्षति
धनगढी: बझाङका दुई पसलमा आगलागी हुँदा पूर्ण रुपमा जलेका छन्। प्रहरीका अनुसार जिल्लाको बित्थडचीर गाउँपालिका-५ देउलेकमा रहेको न्यु डिएन होटेल एण्ड लज र वेलकम टेलर्समा आगलागी भएर पूर्ण रुपमा जलेका हुन्।
सोही ठउँका धनबहादुर महरको होटेल र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ का सुनिल नेपालीको टेलर्समा मंगलबार राति आगलागि भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। नेपालीले भाडामा टेलर सञ्चालन गरेका बताइएको छ।
एउटै घरमा रहेका दुईओटै पसलमा विद्युतको तार सर्ट भई आगलागी हुँदा घरसहित जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीले बताएको हो। प्रहरीका अनुसार पसल सञ्चालकहरुले आगलागीबाट ६० लाख बराबरको क्षति भएको बताएका छन्।