सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जिप दुर्घटना, नौ जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक ९, ०७:४६ खबर संवाददाता

धनगढी: डडेलधुरामा जिप दुर्घटना भएको छ। बुधबार जिल्लाको आलिताल गाउँपालिका-१ गैरा-गांखेत सडकखण्डमा से १ ज ६०८ नम्बरको जिप दुर्घटना भएको प्रहरीले बताएको हो।

दुर्घटनामा चालक गन्यापधुरा गाउँपालिकाका २४ वर्षीय विशाल देउवासहित नौ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जिपको ब्रेक फेल हुँदा सडकमा पल्टिन पुगेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस