दिल्लीमा वायुको स्तर खराब स्थितिमा
एजेन्सी: दीपावलीको अर्को बिहान नै दिल्लीको वायुको गुणस्तर खराब अवस्थामा पुगेको छ। इन्डिया गेट क्षेत्रमा स्थिति सबैभन्दा खराब रहेको छ।
एयर क्वालिटी इन्डेक्सका अनुसार सो क्षेत्रको हावाको गुणस्तर ३२३ पुगेको हो। एसएएफएआरले पनि आज दिल्लीको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको जनाएको छ। दीपावलीका कारण वायुको अवस्था खराब भएसँगै कयौँ क्षेत्रमा पानी ट्याङ्करको मद्दतले पानी छर्किएको छ।
दिल्लीमा प्रतिबन्ध गरिए पनि कयौँ ठाउँमा पटाका पड्काइएको थियो। उता उत्तर प्रदेशमा पनि वायुको गुणस्तरका कारण मानिसहरूले समस्या भोगिरहेका छन्। पछिल्ला वर्षहरूको तुलनामा भने यो वर्ष प्रदूषण कम भएको स्थानीयहरूले बताएका छन्।