सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अढाई लाख बढीका अवैध सामान बरामद

२०७९ कार्तिक ७, ०७:०७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा प्रहरीले अढाई लाख बढीका अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका १८ फ्रि लाइनबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार चोरीछली पैठारी गरिएका २ लाख ५७ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको हो। 

मिठाई बनाउन प्रयोग हुने नरिवल पाउडर, बुरादा, सोना पापडी मिठाई लगायत विभिन्न सामान बरामद गरी आवश्यक कारवाहीका लागि गड्डाचौकीस्थित भन्सार कार्यालयमा पठाइएको डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।

कमेन्ट लोड गर्नुस