थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ कार्तिक ६, ०८:२८
काठमाडौँ: पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पीसीआर र एन्टीजेन गरी एक हजार २५० जनाको नमुना परीक्षण गर्दा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, ५९ जना कोरोना संक्रमित निको भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या ६९६ जनामा झरेको छ।
कमेन्ट लोड गर्नुस