सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा नेपाली सेनाको ट्रक दुर्घटना, ७ जना घाइते

२०७९ कार्तिक ६, ०३:३२ खबर संवाददाता

धनगढीः डडेल्धुरामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ। केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ झनढुङ्गा भन्ने स्थानमा नेपाली सेनाको ट्रक दुर्घटना भएको हो। 

प्रहरीका अनुसार कोहलपुरबाट जिन्सी सामान बोकेर डोटीको दिपायल जान लागेको ट्रक दुर्घटना भएको हो। डडेल्धुरा–दिपायल जोड्ने राजमार्गको झनढुङ्गामा बा १ ग २४५३ नम्बरको ट्रक ब्रेक फेल हुँदा सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

ट्रकमा सात जना नेपाली सेना सवार थिए। सातै जना सामान्य घाइते भएका छन्। 
 

कमेन्ट लोड गर्नुस