सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले बझाङका उम्मेदवार महरसँग आयोगले माग्यो स्पष्टीकरण

२०७९ कार्तिक ४, ०४:३७ खबर संवाददाता

धनगढी: निर्वाचन आयोगले एमाले बझाङका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले महरलाई स्पष्टीकरण सोधेको हो।

जिल्लास्तरीय खुला प्रतियोगिताको विजेतालाई पुरस्कारस्वरूप ४१ हजार रुपैयाँ प्रदान गरेको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण दिन उनलाई निर्देशन दिएको छ।

कमेन्ट लोड गर्नुस