सुदूर नेपाललाई विश्वसँग जोड्दै

झोल औषधि बिक्रीमा रोक

२०७९ कार्तिक ४, ०३:१९ खबर संवाददाता

काठमाडौंः ९९ जना बालबालिकाको मृत्यु भएपछि इण्डोनेसियाले सिरप तथा झोल औषधि बिक्रीमा रोक लगाएको छ। ती बालबालिकाले प्रयोग गरेको सिरपमा मिर्गौलालाई हानी गर्ने तत्व रहेको र त्यसकै कारण उनीहरुको मृत्यु भएको इण्डोनेसियाको दाबी छ।

उसले त्यो औषधिका कारण बालबालिकाको मिर्गौलामा घाउ भएको र त्यसैले उनीहरुको मृत्यु भएको दाबी गरेको छ। बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गर्ने र मृत्यु नै हुने औषधिको प्रयोगमा रोक लगाएको इण्डोनेसियाले बताएको छ।

तर उसले प्रतिबन्ध लगाएका औषधि इण्डोनेसियाकै उत्पादन हुन् वा विदेशी उत्पादन हुन् भन्ने बारेमा केही बताएको छ।

कमेन्ट लोड गर्नुस