सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिङगिङ गाउँनजिक भारतीय सेनाको हेलिकप्टर खस्यो

२०७९ कार्तिक ४, ०१:०४ खबर संवाददाता

एजेन्सीः चीनसँग सीमा विवाद रहेको भारतको पूर्वोत्तर राज्य अरूणाञ्चलमा शुक्रबार भारतीय सेनाको एक हेलिकप्टर दुर्घटनामा परेको छ।

टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटनमा परेको हो। हेलिकप्टरमा पाइलट र एक जना यात्रु थिए। दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन।

उद्धारका लागि अर्को टोली पठाइएको बताइएको छ। दुर्घटनाको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।  

कमेन्ट लोड गर्नुस