कञ्चनपुरमा आदर्श क्रिकेट कप : आयोजक टिम फाइनलमा प्रवेश
धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिका-१ हात्तीथलामा पाँचौँ आदर्श क्रिकेट कप २०७९ जारी छ। प्रतियोगिताको बिहीबारको सेमिफाइनल खेलमा आयोजक आदर्श युवा समाज फाइनलमा प्रवेश गरेको छ।
आदर्श युवा समाज र वडा नम्बर २ बीच भएको पहिलो सेमिफाइनल खेलमा आयोजक टिम फाइनलमा प्रवेश गरेको हो। यस्तै दोस्रो सेमिफाइनल खेल शुक्रबार दिउँसो १ बजेदेखि शुक्लाफाँटा क्लब र वडा नम्बर ७ बीच हुनेछ। फाइनल खेल ५ गते बिहान ९ बजेदेखि सुरु हुनेछ।