थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ कार्तिक ३, ०५:२८
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पीसीआर र एन्टिजेन गरी एक हजार ५७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै थप ५१ जना संक्रमित निको भएका छन्। देशभर ७२७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
कमेन्ट लोड गर्नुस