भारतमा फेरि बढ्यो कोरोना, एकै दिन थपिए २ हजार बढी संक्रमित
काठमाडौंः भारतमा कोरोना संक्रमण फेरि बढेको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार बिहीबारमात्र भारतमा २ हजार १४१ जना नयाँ संक्रमित थपिएका छन्।
यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार ५४० पुगेको छ। विगत १५ दिनभित्र भारतको महाराष्ट्रमा मात्र १८ जनामा ओमिक्रोनको सब भ्यारियन्ट एक्सएक्सबी संक्रमण भएको छ। महाराष्ट्र स्वास्थ्य विभागका अनुसार नोभेम्बरको बीचमा एक्सएक्सबी संक्रमण उच्च विन्दुमा पुग्ने सम्भावना छ।
यसैबीच विश्व स्वास्थ्य संगठनले बुधबारमात्र कोरोना भाइरस संक्रमण हालसम्म पनि विश्व स्वास्थ्य संकटको रुपमा कायमै रहेको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठकपछि विश्व स्वास्थ्य संगठनले उक्त घोषणा गरेको हो।