सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर नगर विकास समितिका अध्यक्षसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

२०७९ कार्तिक २, ०९:१२ खबर संवाददाता

धनगढी: तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष गोपाल रसाइलीसहित ३७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसनधान आयोगले बुधबार नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित ३७ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।

अख्तियारले विज्ञप्ति जारी गर्दै समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तवरले लिज तथा विक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको उजुरी उपर अनुसन्धान गरी आरोपपत्र दायर गरिएको जनाएको छ।

तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ वमोजिम र बोर्ड बैठकको निर्णय वमोजिम उपलब्ध गराउनु पर्नेमा अध्यक्षहरुको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरु समेतलाई जग्गा उपलब्ध गराएको देखिएको विज्ञप्तिमा उल्लेख छ।
 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

कमेन्ट लोड गर्नुस