सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ जिप दुर्घटना : घाइते १६ जनाकै पहिचान खुल्यो 

२०७९ कार्तिक २, ०७:२९ खबर संवाददाता

धनगढीः बझाङमा जिप दुर्घटनामा परी घाइते भएका सबैको पहिचान खुलेको छ। मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप बुधबार दिउँसो दुर्घटना हुँदा १६ जना घाइते भएका थिए।

घाइते हुनेमा चालक ३५ वर्षीय राजेश रोकाया,  मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा साडा–१ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिश ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीया सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह रहेका छन्।

दुर्घटनामा ६ जनाको जयान गएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको थियो।
 

कमेन्ट लोड गर्नुस