सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१९ को विशेषज्ञ वडा क्लिनिकमा ४०५ जनाको उपचार

२०७९ कार्तिक २, ०५:१० खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा ४०५ बिरामीको उपचार भएको छ। मंगलबार वडाको फूलबारी स्वास्थ्य केन्द्रमा विशेषज्ञ वडा क्लिनिक रहेको थियो।

क्लिनिकमा १२१ जना सेवाग्राहीले जलरल फिजिसियनबाट सेवा लिएका थिए भने ४८ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञको सेवा लिएको उपमहानगरले जनाएको छ। यस्तै वडा क्लिनिकमा १९५ जनाले आँखा उपचार गराएको, ४१ जनाको दन्त रोगको उपचार गरिएको र २७ जनालाई प्रयोगशाला सेवा प्रदान गरिएको उपमहानगरले जनाएको छ।

विशेषज्ञ वडा क्लिनिकमा ६० जनाको अल्ट्रासाउन्ड गरिएको, ७ जनाको ईसीजी गरिएको र ४१ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७० वर्षमाथिका ३३ जना वृद्धवृद्धालाई उपचार सेवा प्रदान गरिएको छ भने ८८ जना बिरामीलाई रेफर गरिएको छ।

कमेन्ट लोड गर्नुस