सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा लेकाली भेगमा हिमपात

२०७९ कार्तिक २, ०९:२५ खबर संवाददाता

दार्चुलाः दार्चुलाको लेकाली भेगमा मंगलबार अपराह्न हिमपात भएको छ। ब्यास र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागहरूमा हिमपात हुँदा चिसो बढेको छ। बिहानैबाट मौसममा बदली भएको र अपराह्न ब्यास गाउँपालिका–१ को तिंकर, छाङरूमा हिमपात भएको तिंकरका स्थानीय दानसिह तिंकरीले बताए। उनले बदली हुँदा बिहानैबाट चिसो बढेको बताएका हुन्। 

त्यस्तै अपिहिमाल गाउँपालिका वडा नम्बर १, २, ६ को उच्च भेगहरुमा हिमपात भएको अपिहिमाल गाउँपालिकाका स्थानीय विशन बुढाथोलीले जनाए। उनले गाउँपालिकाको घुसा, क्षेती, सिति र खात्तीलगायतका स्थानको माथिल्लो भेगमा हिमपात भएको बताए।

त्यसैगरी जिल्लाका विभिन्न ठाउँमा असिनासहित वर्षा भएको छ। हिमपात र वर्षाका कारण चिसो बढेको स्थानीयले बताएका छन्।

कमेन्ट लोड गर्नुस