सुदूर नेपाललाई विश्वसँग जोड्दै

केदारनाथबाट फर्किएको हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु

२०७९ कार्तिक १, ०३:०६ खबर संवाददाता

धनगढीः केदारनाथबाट गुप्तकाशी फर्किदै गरेको हेलिकोप्टर दुर्घटना भएको छ। भारतको आर्यान कम्पनीको हेलिकोप्टर दुर्घटनामा चालकसहित सात जनाको मृत्यु भएको बताइएको छ।

भारतीय सञ्चार माध्यामका अनुसार चार महिलासहित सात जनाको मृत्यु भएको हो। उनीहरु भारतको गुजरात र तमिलनाडुका हुन्। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ। 

मंगलबार बिहान साढे ११ बजे हेलिकोप्टर दुर्घटना भएको हो। केदारनाथबाट गुप्तकाशी (मस्ता) फिर्ता हुँदै गरेको हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चार माध्यामले बताएका छन्। मृत्यु हुनेमा हेलिकोप्टरका चालक अनिल कुमार, उर्वी बरार, कुर्ती बरार, पूर्वा रामानुज, प्रेम कुमार वी, सृजाता र कला रहेका छन्। 

कमेन्ट लोड गर्नुस