सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भलिबल प्रतियोगिता हुने, प्रथमलाई १ लाख १ हजार पुरस्कार 

२०७९ कार्तिक १, ११:२३ खबर संवाददाता

धनगढीः बाजुरामा भलिबल प्रतियोगिता हुने भएको छ। त्रिवेणी नगरपालिका बाजुरामा खुला भलिवल प्रतियोगिता आयोजना हुने भएको हो। तिहारको अवसरमा त्रिवेणी  नगरपालिका तोली बाजुराले कार्तिक ४ गतेबाट प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ। 

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार द्धितीय पुरस्कार ७१ हजार रहेको नगरपालिकाले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस