सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइफोनसँगै बक्समा चार्जर नदिएपछि एप्पललाई साढे दुई अर्ब जरिवाना 

२०७९ कार्तिक १, ०९:३४ खबर संवाददाता

ग्राहकलाई आइफोनसँगै बक्समा चार्जर नदिनु एप्पलका लागि महंगो सावित भएको छ। ब्राजिलको एक अदालतले आइफोन खरिदकर्तालाई मोबाइलसँगै चार्जर उपलब्ध नगराएको भन्दै एप्पल कम्पनीमाथि १० करोड ब्राजिलियन रियल अर्थात् करिब साढे दुई अर्ब रुपैयाँ जरिवानाको फैसला गरेको छ।

साथै अदालतले आइफोनसँगै बक्समा ग्राहकलाई चार्जर पनि उपलब्ध गराउन एप्पललाई आदेश दिएको छ। साओपाउलो स्टेट कोर्टले एप्पल विरुद्ध उक्त फैसला सुनाएको हो। एप्पल कम्पनीविरुद्ध एसोसिएसन अफ बारोअर्स, उपभोक्ता समूह तथा करदाताले मुद्दा दायर गरेका थिए। एप्पलले चार्जर बिनाका फ्लागसिप आइफोन बिक्री गरेर गलत अभ्यास गरिरहेको उनीहरुको दाबी थियो।

एप्पलले भने ब्राजिलियन अदालतको उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। –एजेन्सी

कमेन्ट लोड गर्नुस