कैलालीमा चोरी गरेर भागेका युवकको मोटरसाइकल दुर्घटनामा खुट्टा भाचिएपछि...
धनगढीः कैलालीमा चोरी गरी भागेका युवक मोटरसाइकल दुर्घटनामा परेका छन्। पाँच तोला बराबरका सुनका गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा दुर्घटनामा परेर जोशीपुर गाउँपालिका ४ बस्ने ३५ वर्षीय इमरान हसनको खुट्टा भाचिएको हो।
जिल्लाको जानकी गाउँपालिका–७ को गोलौरीका शंकरप्रसाद शर्माको घरबाट उनले चोरी गरेको प्रहरीले बताएको छ। हसन आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परेर बायाँ खुट्टा भाचिएर घाइते अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ।
चोरी गरेर लगेका सुनका ब्रासलेट, जुली, तिलहरी, झुम्का, औँठी, मंगलसुत्रसहितका गरगहना र ६२ हजार ५३२ रुपैयाँ समेत बरामद गरिएको र उनको टीकापुर अस्पतालमा उपचार भइरहेको बताइएको छ।