भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा के होला ?
धनगढीः ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आएको छ। नेपाल आयल निगमले भारतबाट मूल्यसूची बढेर आएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
असोज १५ गते ईण्डियन कर्पोरेशनले पठाएको मूल्य केही घटेर आएको र २० महिनाको अन्तरालपछि निगमलाई नाफा भएको तर पुनः आज आएको नयाँ मूल्यले निगमलाई डिजेल र हवाई इन्धनमा धेरौ घाटा रहेको विज्ञप्तिमा भनिएको छ।
नयाँ मूल्यमा पेट्रोलमा प्रतिलिटर १.७४, डिजेलमा १५.६० र हवाई इन्धनमा १०.२५ रुपैयाँले बढेर आएको छ। यससँगै डिजेलमा प्रटिलिटर ६.३४ रुपैयाँले घाट रहेको निगमले जनाएको छ। त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर ३२५.४४ रुपैयाँले घाटा रहेको छ। निगमका अनुसार नयाँ मूल्यमा १५ दिनमा पेट्रोल, मिट्टतेल र हवाई इन्धनमा हुने नाफा जाडेर नगमलाई ३९ करोडको मुनाफा हुने प्रक्षेपण गरिएको छ।