नवौं राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेश विजयी
धनगढीः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ। आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५-२१ स्कोरमा हराउँदै सुदूरपश्चिम विजयी भएको हो।
प्रतियोगिताको पहिलो क्वार्टरमा सुदूरपश्चिम १२-३ स्कोरमा विजयी भएको थियो। दोस्रो क्वार्टर ११-७ ले जितेको सुदूरले तेस्रो क्वार्टर निकै प्रतिस्पर्धात्मक भएको खेलमा ६-६ स्कोर भएको थियो। सुदूरपश्चिमले अन्तिम क्वार्टरमा उत्कृष्ट प्रर्दशन गरि १६-५ को अकं जोड्दै मधेस प्रदेशलाई पराजित गरको हो।
यसअघि सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मीसँग पराजित भएको थियो।