अवरुद्ध केआई सिहं राजमार्ग सञ्चालनमा
धनगढी : डोटीमा गयरातिदेखि अवरुद्ध केआई सिहं राजमार्ग सञ्चालनमा आएको छ।
जिल्लाको शिखर नगरपालिका वडा नम्बर ६ लुवाखोडीका अमर मल्ल मृत भेटिएपछि हत्या भएको भन्दै आफन्तले गयरातिदेखि राजमार्ग अवरुद्ध गरेका थिए।
उनको शव गत असोज १६ गते लुवाखोडी पुल मुनी भेटिएको थियो। उक्त घटनाको प्रहरीले अनुसन्धान नगरेको भन्दै स्थानीयले सडक अवरुद्ध हुन। राजमार्ग अवरुद्ध हुदाँ डोटी, अछाम र बाजुरा आउने–जाने यात्रु अलपत्र भएका थिए।
डोटी प्रहरीका अनुसार एक जनालाई पक्राउ गरिएको छ। आज मृतक मल्लका अफन्त र प्रहरीबिच सहमति पछि अवरुद्ध सडक सञ्चालनमा आएको हो।