सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा स्वतन्त्र उठेका काँग्रेसका भण्डारीले लिए उम्मेदवारी फिर्ता

२०७९ असोज २९, ०८:३१ खबर संवाददाता

धनगढीः बझाङमा स्वतन्त्र उठेका नेपाली काँग्रेसका गणेशबहादुर भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन्। उनले एक सूचना जारी गर्दै बझाङको प्रदेश सभातर्फ (२) मा स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता लिएको जनाएका छन्।

उम्मेदवारी फिर्ता लिएर उनले अब आफूले गठबन्धनका उम्मेदवारलाई सघाउने बताएका छन्। यस्तै उनले बिरामी भएका कारण ढिलो उम्मेदवारी फिर्ता लिएको दाबी गरेका छन्। 

कमेन्ट लोड गर्नुस