सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक पुरुष मृत भेटिए

२०७९ असोज २९, ०४:४२ खबर संवाददाता

बझाङः बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो।

पहिचान नखुलेका उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस