सुख्खा पहिरो खस्दा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सञ्चालनमा
धनगढी: सडकमाथिबाट सुख्खा पहिरो खस्दा बिहानैदेखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलेको छ। बझाङको छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध आज बिहानैदेखि सवारीसाधन रोकिएका थिए।
सडक डिभिजन कार्यालय बैतडीको डोजरले पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सहज भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। सडक अवरुद्ध हुँदा आज बिहानैदेखि रोकिएका बस, मालबाहक ट्रक र जीपहरू आआफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको