दार्चुलामा स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने युवक प्रहरी खोरमा
धनगढीः दार्चुलामा स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने एक युवक समातिएका छन्। शुक्रबार जिल्ला अस्पताल दार्चुलामा कार्यरत एक चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा उनी समातिएका हुन्।
पक्राउ पर्नेमा महाकाली नगरपालिका–५ का ३० वर्षीय प्रेमसिंह धामी रहेका छन्। उनले चिकित्सकमाथि दिउँसो मदिरा सेवन गरेर दुर्व्यवहार गरेको बताइएको छ। प्रहरीकाअनुसार जिल्ला अस्पतालमा कार्यरत डाक्टर जफर अन्सारीमाथि दुर्व्यवहार भएको हो। चिकित्सकमाथि दुर्व्यवहार गर्ने धामीलाई नियन्त्रण लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।