सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वडा क्लिनिकबाट झण्डै ६ सयले लिए सेवा 

२०७९ असोज २६, ०८:०९

धनगढीः धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको वडा क्लिनिकमा झण्डै ६ सयले सेवा लिएका छन्।

उप–महानगरपालिकाले असोज २४,२५ र २६ गते सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनिक सेवाबाट पाँच सय ९३ जनाले स्वास्थ्य सेवा लिएका हुन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३, ११ र ६ मा वडा क्लिनिक सञ्चालन गरिएको थियो।

एक सय ९२ जनाले जनरल फिजिसियनबाट र ५७ जनाले  स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकबाट सेवा लिएका हुन्। तीन सय ४४ जनाले आँखा रोग सम्बन्धि सेवा, ३६ जनाले प्रयोगशाला, २८ जनाले अल्ट्रासाउन्ड , २४ जनाले ईसीजी र ३० गर्भवती महिलाले सेवा लिएका उपमहानगरपालिकाले जनाएको छ। ४२ जना ७० वर्ष माथिकाले सेवा लिएका छन भने एक सय ६ जना बिरामीलाई रेफर गरिएको छ। 

कमेन्ट लोड गर्नुस