डडेल्धुरामा गठबन्धनका बागी उम्मेदवार डा जोशीले पाए चुनाव चिह्न लाल्टिन
२०७९ असोज २६, ०६:२५
डडेल्धुरा: डडेल्धुराको प्रदेश सभा ‘२’ मा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीले चुनाव चिह्न लाल्टिन पाएका छन्।
गठबन्धनबाट टिकट नपाएपछि डा. जोशीले प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका जोशीले २०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेका थिए।
कमेन्ट लोड गर्नुस