सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक पुरुष मृत फेला 

२०७९ असोज २५, ११:२८ खबर संवाददाता

धनगढी: डोटीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको बडिकेदार गाउँपालिका ३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलमबहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका हुन्। 

गाउँपालिका ३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा उनी बेपत्ता भएका थिए। उनको शव खोलामा सडिगलेको अवस्थामा शव फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस