क्राइमिया-रुस जोड्ने पुल ध्वस्त
काठमाडौंः क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुल ध्वस्त भएको छ। कार बम विस्फोटबाट पुल ध्वस्त भएको मस्कोका अधिकारीले जानकारी दिएका छन्।
क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र तेल भरिएका ट्याङ्कर रहेको रेलमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण गरेर सन् २०१८ मा यो पुलको उद्घाटन गरिएको थियो। यो पुल युक्रेनमा विशेष गरी दक्षिणमा लडिरहेका रुसी सैनिकलाई सैन्य उपकरण र सेना लैजानका लागि एक प्रमुख मार्ग थियो।